Kathmandu Press

काठमाडौंको सतुङ्गलबाट ६ लाख मास्क बरामद

काठमाडौं, चैत ३ : काठमाडौंकाे चन्द्रगिरी नगरपालिका १० सतुंगलबाट प्रहरीले करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ। आइतबार साँझ विष्णुदेवीस्थित रोहित....

काठमाडौंको सतुङ्गलबाट ६ लाख मास्क बरामद

काठमाडौं, चैत ३ : काठमाडौंकाे चन्द्रगिरी नगरपालिका १० सतुंगलबाट प्रहरीले करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ। आइतबार साँझ विष्णुदेवीस्थित रोहित श्रेष्ठको घरको गोदाममा राखिएको मास्क प्रहरीले बरामद गरेको हो।

आइतबार साँझनै स्थानीय प्रशासनले सिलबन्दी गरेर राखेको मास्क सोमबार बिहान गणना गर्दा ६ लाख भन्दा बढी रहेको पाइएकाे छ। 

यसअघि पनि प्रहरीले कपनको मिलन चोकबाट ६ जनासहित एक लाख ६८ हजार थान मास्कबरामद गरिसकेको छ। मासक लुकाएर राख्नेहरुबीच सम्बन्ध रहेको आशंकामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

शनिबार यता काठमाडौंको कपन, डल्लुर सतुंगलबाट प्रहरीले आठ लाख ४० हजार थान मास्क बरामद गरिसकेको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमकाणको उच्च जोखिममा राखेसँगै बजारमा मास्क र स्यानीटाइजरको अभाव देखिएको छ।

प्रकाशित मिति: ११:२० बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्