‘कानुन जति बन्नुपर्थ्याे त्यति बन्न सकेनन्’
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए।
चितवन, फागुन १ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन्। यहाँ चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए।
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए। 'सरकारले नै विधेयक ल्याउन सकेन,' उनले भने। राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।
उनले भने, 'राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढंगले समयमा नै पास गरेर पठाएका छौं।' सरकारले कानुन बनाउने कुरालाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसदमा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए।
प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)