Kathmandu Press

अष्ट्रेलियामा मानवता प्रवर्द्धन अभियान

नेपाल, कतार र बेलायतमा भव्यताका साथ सम्पन्न भएको आमा सेमिनार एवं मानवता प्रवर्द्धनका कार्यक्रम यसपटक अष्ट्रेलियामा आयोजना गर्न लागिएको मानव सेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 
अष्ट्रेलियामा मानवता प्रवर्द्धन अभियान

काठमाडौं, फागुन १ : गोरखा समाज अष्ट्रेलियाको आयोजना र मानव सेवा आश्रमको सहजीकरणमा यही फागुन ४ गतेदेखि चैत १८ गतेसम्म आमा सेमिनार एवं मानवता प्रवर्धनका कार्यक्रम सिड्नीलगायत अष्ट्रेलियाको सातै प्रदेशमा पनि सञ्चालन हुँदैछ। नेपाल, कतार र बेलायतमा भव्यताका साथ सम्पन्न भएको आमा सेमिनार एवं मानवता प्रवर्द्धनका कार्यक्रम यसपटक अष्ट्रेलियामा आयोजना गर्न लागिएको मानव सेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

अष्ट्रेलियामा रहनुभएका सम्पूर्ण मानवता प्रेमले ओतप्रोत परोपकारी, सहयोगी सबै उदार मनाहरुलाई आफूलाई अनुकूल हुने सहरहरुमा आयोजना हुने कार्यक्रममा प्रेमपूर्ण सहभागिताको लागि आमन्त्रण गरिएको छ। २०८२ भित्र नेपालको सडकपेटीमा कसैले पनि अनाथ, अभिभावकविहीन, बेसहारा, सहयोगापेक्षी भएर बस्न नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने दृढ संकल्पलाई साकार पार्न एवं मानवता प्रवर्धन महाअभियानमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ।

Hardik ivf

मानवता प्रवर्धन महाअभियानका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उपाध्यक्ष उमा भण्डारी, कोषाध्यक्ष होमनाथ तिमल्सिना एवं पत्रकार राजेन्द्र बानियाँले अष्ट्रेलियाको सिड्नीलगायत न्यु क्यासल, एडिलेड, मेलबोर्न, तस्मानिया, ब्रिस्बेन, क्यानबेरा, पर्थमा आयोजना हुने विविध कार्यक्रमहरुको सहजीकरण गर्नु हुनेछ।

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणमा मानवसेवा आश्रमले गरिरहेको प्रयासको बारेमा जानकारी एवं अष्ट्रेलियामा रहनु हुने परोपकारी सहयोगी नेपाली मनहरुको यस विषयमा कस्तो भूमिका हुन सक्छ? भन्ने विषयमा अन्तरक्रियाको साथै मातृत्व र मातृभूमिको सम्मानमा आमा सेमिनार सञ्चालन गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अध्यक्ष अधिकारीले जानकारी दिए।

उनका अनुसार नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट अनाथ भएर कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको अवस्था कस्तो छ? उनीहरुको सडकपेटी एवं सार्वजनिकस्थलबाट उद्धार, औषधोपचार, लालनपालन एवं पारिवारिक पुर्नमिलनको सेवाका बारेमा अवगत गराउन खोजिएको छ।

हालसम्म मानव सेवा आश्रमले घरवार र परिवारविहिन भई सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन विवश १० हजारभन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, पालनपोषण, औषधोपचार र पारिवारीक पुर्नमिलन गरिसकेको छ।

देशका सातै प्रदेशमा २४ सेवा केन्द्र सञ्चालन गरी मानव सेवा आश्रमले कसैले पनि नेपालको सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्न सेवा प्रवाहलाई तीव्र बनाएको छ भने हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्राकोसमेत सञ्चालन गर्दै आएको जनाएको छ। 

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्