Kathmandu Press

कोरोनाबाट साढे ६ हजारको मृत्यु, एक लाख ७० हजार बिरामी

काठमाडौं, चैत ३ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ। सोमबार बिहानसम्म ६ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ।

....
कोरोनाबाट साढे ६ हजारको मृत्यु, एक लाख ७० हजार बिरामी

काठमाडौं, चैत ३ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ। सोमबार बिहानसम्म ६ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, चीनमा जस्तै अन्य देशमा पनि मृतकको संख्या अध्यधिक बढेको छ। चीनमा तीन हजार एक सय ९९ को मृत्यु भएको छ भने त्यसपछि इटालीमा एक हजार चार सय ४१ जनाको मृत्यु भएको छ।

त्यस्तै, इरानमा ६ सय आठ, स्पेनमा एक सय ३६, दक्षिण कोरियामा ७२, फ्रान्समा ९१, जर्मनीमा आठ, अमेरिकामा ४१ र स्वीट्जरल्यान्डमा १० जनाको मृत्यु भएको छ। यसैगरी, बेलायतमा २१, नेदरल्यान्डमा १२ र जापानमा २२ जनाले ज्यान गुमाएका छन्।

बिरामी भने चीनकै हाराहारीमा पुगेका छन्। एक लाख ६० हजारमध्ये ८० हजार आठ सय ४४ चीनमा छन्।

त्यस्तै, इटालीमा २१ हजार एसय ५७, इरानमा १२ हजार सात सय २९, दक्षिण कोरियामा आठ हजार ८६, स्पेनमा पाँच हजार सात सय ५३, फ्रान्समा चार हजार चार सय ६९ र जर्मनीमा तीन हजार सात सय ९५ जना बिरामी देखिएका छन्।

त्यस्तै, अमेरिकामा एक हजार ६ सय ७८, स्वीट्जरल्यान्डमा एक हजार तीन सय ५९ र बेलायतमा एक हजार एक सय ४४ जना बिरामी परेका छन्।

सोमबार बिहानसम्म एक सय ५७ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो क्रम बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रकाशित मिति: १०:२२ बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्