Kathmandu Press

आज विश्व रेडियो दिवस मनाइँदै

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।
आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं, फागुन १ : आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। 

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।

सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी पुगेका छन् भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ। 
 
प्रकाशित मिति: ०८:४९ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्