२० प्रतिशत नेपाली अझै गरिबीको रेखामुनि
सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ। सहरी क्षेत्रमा गरिबीको दर १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६ प्रतिशत छ।
काठमाडौं, २९ माघ : नेपालमा अझै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले यहाँसार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ।
सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ। सहरी क्षेत्रमा गरिबीको दर १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६ प्रतिशत छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए
सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ। सर्वेक्षणअनुसार सुदुरपश्चिम प्रदेशमा ३४.१६, कर्णाली प्रदेशमा २६.६९, लुम्बिनी प्रदेशमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत सर्वाधिक गरिबी छ। यस्तै, गण्डकी प्रदेशमा ११.८८ प्रतिशत, बाग्मती प्रदेशमा १२.५९ प्रतिशत, र कोशी प्रदेशमा १७.१९ प्रतिशत० रहेको छ ।