Kathmandu Press

केपी ओली कप तयारी स्वरुप राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा राजनीतिक र कलाकारबीच ३–३ गोलको बराबरी भएको थियो।
केपी ओली कप तयारी स्वरुप राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल

काठमाडाैं, माघ २९ : दोस्रो संस्करणको केपी ओली कप तयारी स्वरुप राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल भएको छ।

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा राजनीतिक र कलाकारबीच ३–३ गोलको बराबरी भएको थियो। खेलमा राजनीतिज्ञ टिममा एमालेका नेता, माओवादीका रञ्जीत तामाङ लगाएत सहभागी थिए भने कलाकारतर्फ धिरेन शाक्य, कृष्ण मल्ल, रविन्द्र खड्का लगाएत सहभागी थिए।

Hardik ivf

एमाले अध्यक्ष केपी ओलीले भने बाहिरैबाट खेल अवलोकन गरेका थिए। राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा दोस्रो संस्करणको केपी ओली कप हुँदैछ। प्रतियोगीतामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन्।

त्यस्तै भारतको दिल्ली फुटबल क्लव र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र  दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिन युवा संघले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने, यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, माघ २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्