Kathmandu Press

पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको माओवादीकाे निष्कर्ष

बैठकमा विधान सम्मेलनबारे पनि छलफल भएको छ । माओवादीको विधान सम्मेलन फाल्गुन १ देखि ३ गतेसम्म चल्दैछ । 
पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको माओवादीकाे निष्कर्ष

काठमाडाैं, माघ २९ : नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

सोमबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले समग्र रुपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । अभियानका समिक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा बिभाजन गरेको छ ।

Hardik ivf

सत प्रतिशत खट्ने कार्यकर्तालाई प्रसंसा पत्र बितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्तालाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशत खट्ने कार्यकर्तालाई निर्देशन पत्र दिने र १५ प्रतिशत भन्दा कम खट्नेहरुलाई स्पस्टीकरण सोधेर कारवाही गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। बैठकले तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने निर्णय गर्दै यसलाई आन्दोलनका रुपमा बैचारिक बहस गरिने उहाले जानकारी दिए।

त्यस्तै बैठकले जवस र मोर्चाहरुले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जवस र मोर्चाहरुको सम्मेलन गरेर पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए। उनले कुटनीतिक क्षेत्र प्रभावकारी भएको र आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए।

बैठकमा विधान सम्मेलनबारे पनि छलफल भएको छ । माओवादीको विधान सम्मेलन फाल्गुन १ देखि ३ गतेसम्म चल्दैछ । 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्