Kathmandu Press

चन्द सहित १७ जना राप्रपाबाट अलगिए

काठमाडौं, फागुन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभिन्न तहका १७ जनाले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पूर्व मन्त....

चन्द सहित १७ जना राप्रपाबाट अलगिए

काठमाडौं, फागुन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभिन्न तहका १७ जनाले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पूर्व मन्त्री जयन्त चन्द लगायत भरत गिरी, दिनेश श्रेष्ठ, प्रल्हाद शाह, गोविन्द खनियाँ, भरतप्रसाद पाठक लगायतले आज छोटो हस्तलिखित विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । 

विज्ञप्तिमा ‘लामो समय पार्टी एकीकरणमा संलग्नहरुले’ पार्टी त्याग गर्ने निर्णय गरेको जनाइएको छ । काठमाडौंप्रेससँग कुराकानी गर्दै पार्टी त्यागेका एक जना नेता जयन्त चन्दले पार्टी त्याग गर्नुको कारण २÷३ दिनमा थाहा दिइने बताए । 

हालसालै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)बीच एकता भएर राप्रपा (संयुक्त) बन्नु  सकारात्मक भएको भन्दै राप्रपाका तीनवटै घटकहरुबीच एकता गर्न पहल गरिएको तर सफल हुन नसकेको उनले बताए । राप्रपा (संयुक्त)मा प्रवेश गर्ने तयारी त होइन भन्ने काठमाडौंप्रेसको प्रश्नको उनले स्पष्ट उत्तर दिन चाहेनन् । 
 

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, फागुन ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्