Kathmandu Press

उपकुलपति छनाेटको सर्टलिस्टमा परेकामध्ये विवादित व्यक्तिबारे विचार गर्न सरकारको ध्यानाकर्षण

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपकुलपति छनौटको सर्टलिस्टमा परेकामध्ये केही व्यक्तिका विषयमा बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएका लगाएतका कुरा आइसकेको भन्दै उनीहरुका विषयमा विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
उपकुलपति छनाेटको सर्टलिस्टमा परेकामध्ये विवादित व्यक्तिबारे विचार गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं, माघ २९ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनाेटको सर्टलिस्टमा परेकामध्ये विवादित व्यक्तिहरुका विषयमा विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपकुलपति छनौटको सर्टलिस्टमा परेकामध्ये केही व्यक्तिका विषयमा बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएका लगाएतका कुरा आइसकेको भन्दै उनीहरुका विषयमा विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

Hardik ivf

बैठकले विश्वविद्यालयको कुलपतिलाई बोलाएर यस बिषयमा छलफल गर्ने जनाएको छ। त्यस्तै बैठकले विश्वविद्यालयमा नियुक्त भएका बिषयमा पनि देखिएको विवाद छानविन गर्न पनि निर्देशन दिइएको समिति सभापति भानुभक्त जोशीले जानकारी दिए।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले कुलपतिको प्रतिस्पर्धामा छानिएका १४ जनामध्ये कोहिबिरुद्ध पनि उजुरी नपरेको बताए। उनले सर्टलिस्टमा परेकामध्ये केहिका बारेमा आएका विवादहरुमाथि छलफल हुने जिकिर गरे।

त्यस्तै समिति सदस्यहरुले उपकुलपति छनौटलाई निष्पक्ष बनाउनुपर्ने बताएका थिए। सांसद डा. तोसिमा कार्कीले सिफारिस समितिको बिषयमा नै प्रश्न उठाए। उनले नयाँ समिति बनाउन सुझाव पनि दिए।

त्यस्तै सांसद विद्या भट्टराईले विवादका बिषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराउनुपर्ने बताए। त्यस्तै सांसदहरुले निमित्त उपकुलपतिले गरेका नियुक्ति कानून विपरीत भएकाले तत्काल खारेज गर्न पनि माग गरेका थिए। 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्