Kathmandu Press

अभियानमा नखट्ने नेताकार्यकर्तालाई कारबाही गर्न प्रचण्डको निर्देशन

प्रचण्डले अभियानमा खट्ने नेता कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा गरिने समेत बताए। दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै दाहालले अभियानमा नखट्ने नेतालाई कारबाही गर्न निर्देशन दिएका हुन्।
अभियानमा नखट्ने नेताकार्यकर्तालाई कारबाही गर्न प्रचण्डको निर्देशन

काठमाडौं, माघ २९ : प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा नखट्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएका छन्। 

प्रचण्डले अभियानमा खट्ने नेता कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा गरिने समेत बताए। दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै दाहालले अभियानमा नखट्ने नेतालाई कारबाही गर्न निर्देशन दिएका हुन्।

Hardik ivf

कामको आधारमा मूल्यांकन हुने भनाई समेत राखेका छन्। प्रचण्डले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, अभियानमा बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिएका छन्। 

केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय समेत पनि गरेको छ। फागुन १ देखि सुरु हुने विधान अधिवेशन सकिएलगत्तै अभियानको योजना बनाउने जानकारी पनि प्रचण्डले दिए। पार्टी संगठन कमजोर भएको क्षेत्रमा जनपरिचालन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ।

विधान अधिवेशनमा विधानलाई अन्तिम रुप दिई पारित गरिने जनाइएको छ। विधान अधिवेशनमा प्रदेश र प्रवाशबाट गरी करिब एक हजार तीन सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले बताएको छ। 
 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्