Kathmandu Press

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ।
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौं, माघ २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अंकले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ। 

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। 

Hardik ivf

कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता शेयर रु तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु २३ करोड दुई लाख ३५ हजार चार सय ४९ बराबरको कारोबार भयो। 

यस्तै एनआरएन इन्फास्टकचर रु १६ करोड ३० लाख २५ हजार एक सय ७६, एनआइसी एशिया बैंक रु १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८, नेपाल इन्स्योरेन्स रु ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ र सोनापुर मिनरल्स रु १० करोड २७ लाख ११ हजार सात सय २८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन्। 

यस्तै एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, माघ २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्