Kathmandu Press

इजरायली आक्रमणमा गाजामा सय बढीको मृत्यु

प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको जनाएको छ।
इजरायली आक्रमणमा गाजामा सय बढीको मृत्यु

काठमाडौं, माघ २९ : इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार गाजाको रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा सयभन्दा बढीको मृत्यु भएको छ। 

प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको जनाएको छ। सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको जनाइएको छ। इजरायली सेनाले दक्षिणी गाजामा आतंकवादीले शृङ्खलाबद्ध आक्रमण गरेको तर अन्य विवरण प्रदान नगरेको बताएको छ।

Hardik ivf

सात अक्टोबर २०२३ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक सय ७६ पुगेको छ। आक्रमणमा  ६७ हजार सात सय ८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ। गाजामा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि करिब आधाआधी बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन्।

रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधी सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन्। सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: १५:५० बजे, सोमबार, माघ २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्