Kathmandu Press

टिकटकमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै मन्त्रालयलाई पत्र

मन्त्रिपरिषदको गत २७ कात्तिकको निर्णय अनुरुप टिकटक बन्द गर्ने निर्णय चएको थियो। टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।
टिकटकमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै मन्त्रालयलाई पत्र

काठमाडौं, माघ २९ : टिकटकले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्ध हटाउन आग्रह गरेको छ। 

मन्त्रिपरिषदको गत २७ कात्तिकको निर्णय अनुरुप टिकटक बन्द गर्ने निर्णय चएको थियो। टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

Hardik ivf

टिकटकले यसअघि पनि नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयलाई पत्र लेखेर निर्णय फिर्ता लिन आग्रह गरेको थियो। आइतबार लेखिएको पत्रमा नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। उक्त पाँचबुँदे पत्रमा टिकटकले नेपालको कानुनी प्रक्रिया पुरा गर्न तयार रहेको लगायत बिषय छन्। 

टिकटकले आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट तोक्ने समेत बताएको छ  टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्ने प्रतिबद्धता पनि जनाएको छ।

शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सहयोग गर्ने प्रतिबद्धता समेत छ। गत बिहीबार पनि टिकटकका प्रतिनिधिहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर छलफल गरेका थिए। टिकटकले पत्रमा सञ्चार मन्त्राालयलाई आफ्नो प्रतिनिधिमण्डलसँग छलफल गरेकोमा धन्यवाद समेत दिएको छ।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्