उपकुलपतिबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो
समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ।
काठमाडौं, माघ २९ : संसदको शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्यामा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ।
यस्तै, समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि छलफलमा बोलाउने भएको छ। समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ।
समितिको बैठकले विवादास्पद देखिएका व्यक्तिबारे सिफारिस समिति र मन्त्रालयलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।
त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको ‘सर्ट लिस्ट’ मा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत निर्दशन दिएको छ।
प्रकाशित मिति: १५:२० बजे, सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












