Kathmandu Press

पार्टीको नाम परिवर्तनका लागि तयार हुन नेता-कार्यकर्तालाई प्रचण्डकाे निर्देशन

आफूहरू नामले भन्दा पनि कामले चिनिनुपर्नेमा जाेड दिँदै उनले पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशनसमेत दिएका छन्।
पार्टीको नाम परिवर्तनका लागि तयार हुन नेता-कार्यकर्तालाई प्रचण्डकाे निर्देशन

काठमाडौं, माघ २९ : नेकपा माओवादी केन्द्रले नाम फेर्न लागेकाे चर्चा भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसैलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका छन्।

आफूहरू नामले भन्दा पनि कामले चिनिनुपर्नेमा जाेड दिँदै उनले पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशनसमेत दिएका छन्।

Hardik ivf

आइतबार सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले भने, 'हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ तर नाम होइन काम ठुलो हो। नामले मात्र केही हुँदैन, कामअनुसार पार्टीको नाम चाहिन्छ।’

उनले जातीय र क्षेत्रीय मोर्चालाई पुनर्जिवित गरी पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने पनि बताए। अबको अभियान आन्दोलनको रुपमा हुने भन्दै उनले तराई मधेस केन्द्रित र जागरण अभियान चलाउने बताए। उनले माओवादीले वर्ग छाडेको स्वीकार पनि गरे।

सहरी क्षेत्रमा पार्टीले धेरै कमजोर भएकाे हुनाले साे क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने उनकाे भनाइ थियाे। फागुन पहिलो साता विधान महाधिवेशन सकिएपछि विशेष महाविधेशनको तयारीमा लाग्नसमेत कार्यकर्तालाई उनले निर्देशन दिए।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्