Kathmandu Press

महानिर्देशक रिजालमाथि कार्यालयमै कालोमोसो

महानिर्देशक रिजालमाथि सोमबार मीनभवनस्थित कार्यालयमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको हो।
महानिर्देशक रिजालमाथि कार्यालयमै कालोमोसो
Hardik ivf

काठमाडौं, माघ २९ : यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कार्यालयमै कालोमोसो दलिएको छ। 

महानिर्देशक रिजालमाथि सोमबार मीनभवनस्थित कार्यालयमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको हो।

उक्त संगठनले रिजाल लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै कालोमोसो दलेका हुन्। संगठनका कार्यकर्ता कालोमोसो दलेर भागेका थिए। प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ। 
 
प्रकाशित मिति: १४:१५ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्