Kathmandu Press

आर्थिक तथा वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुन बनाउन जरूरी : मन्त्री गुरुङ

मुलुकमा वित्तीय पारदर्शीता र लगानीको वातावरण बनाउन विधेयक महत्वपूर्ण हुने उनले बताए। उनले सहकारी क्षेत्रलाई व्यवस्थीत गर्न र सुपरिवेक्षण राष्ट्र बैंकले गर्न सक्ने व्यवस्था गरिएको धारणा राखे।
आर्थिक तथा वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुन बनाउन जरूरी : मन्त्री गुरुङ

काठमाडाैं, माघ २९ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक तथा वित्तिय अपराध नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्ने बताएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले मुलुकको आर्थिक तथा वित्तिय अवस्थालाई सुदृढ बनाउदै यससम्बन्धी अपराध नियन्त्रण गर्न विधेयक ल्याइएको बताएका हुन्।

Hardik ivf

मुलुकमा वित्तीय पारदर्शीता र लगानीको वातावरण बनाउन विधेयक महत्वपूर्ण हुने उनले बताए। उनले सहकारी क्षेत्रलाई व्यवस्थीत गर्न र सुपरिवेक्षण राष्ट्र बैंकले गर्न सक्ने व्यवस्था गरिएको धारणा राखे।

मन्त्री गुरुङले अन्तराष्ट्रिय मापदण्ड बमोजिम कुनै व्यक्तिको सम्पतीको स्रोत पनि खुल्न नसकेको र अपराध पनि नदेखिएको सन्दर्भमा राज्यलाई कर तिराएर सम्पती वैध गर्न सकिने व्यवस्था गरिएको बताए। उनले विधेयकमा कुनै गलत नियत नराखिएको र कसैको कालोधनलाई वैध बनाउन नखोजिएको स्पष्ट पारे।

वैध गर्न बाटो खुल्ला गर्न नहुनेमा जोड दिएका थिए। राष्ट्रियसभा बैठकले उक्त बैठकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ।  

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्