Kathmandu Press

काठमाडौंको कपनबाट एक लाख ६८ हजार मास्क बरामद

काठमाडौं, चैत्र ३ : कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार बरामद गरिएको महानगरीय प्रह....

काठमाडौंको कपनबाट एक लाख ६८ हजार मास्क बरामद

काठमाडौं, चैत्र ३ : कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले सञ्चालन गरेको अर्को सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले सिल गरेर राखिएको  छ । यसअघि शनिबार प्रहरीले डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान चलाइराखेको छ । 

प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्