Kathmandu Press

चर्चित रक्तदाता मैनालीले गरे अमेरिकामा आत्मदाह 

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको जनाइएको छ। प्रहरीले मैनालीको पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेको छ।
चर्चित रक्तदाता मैनालीले गरे अमेरिकामा आत्मदाह 

काठमाडौं, माघ २९ : दुई सय पटकभन्दा बढी रक्तदान गरेर मानव सेवा गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। 

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको जनाइएको छ। प्रहरीले मैनालीको पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेको छ। कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले परिवारलाई निधन पुष्टि गर्दै पत्र दिइसकेको जनाइएको छ।

Hardik ivf

फेसबुकमा लामो स्टाटस लेख्दै मैनालीले आफूले आत्महत्या गर्न लागेको बताएका थिए। मैनालीले ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ लेखेका छन्। 

काभ्रे घर भएका मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका थिए। उनका श्रीमती एक छोरा र एक छोरी छन्। मैनालीले आफ्नो फेसबुक स्टाटसमा अमेरिकामै रहेका साला र उनकी श्रीमतीप्रति लामो गुनासो राखेका छन्। 
 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्