Kathmandu Press

गृह मन्त्रालयले भन्याे- फागुन १ गते सार्वजनिक बिदा छैन

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यसअघि सार्वजनिक बिदा घोषणा गरिए पनि हाल बिदा कायम नरहेको जानकारी दिएकाे हाे।
गृह मन्त्रालयले भन्याे- फागुन १ गते सार्वजनिक बिदा छैन

काठमाडौं, माघ २९ : सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यसअघि सार्वजनिक बिदा घोषणा गरिए पनि हाल बिदा कायम नरहेको जानकारी दिएकाे हाे।

Hardik ivf

'२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरो छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञिप्तमा उल्लेख छ।

गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले गत पुस १३ गते उक्त बिदा बदर गरेको थियो।

विभिन्न स्थानीय तहहरूले भने 'जनयुद्ध दिवस' का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्