Kathmandu Press

अरूण चौधरीलाई जमानतमा छाड्ने न्यायाधीश आचार्यको मुगु सरूवा

बाँसबारीको सरकारी जग्गा व्यक्तिको नाममा लगेको आरोप लागेका चौधरीलाई जमानतमा छाड्ने आदेश विवादास्पद रहेको भन्दै आलोचना भएपछि मुगु जिल्ला अदालतमा काज सरूवा गरिएको जनाइएको छ।
अरूण चौधरीलाई जमानतमा छाड्ने न्यायाधीश आचार्यको मुगु सरूवा
Hardik ivf

काठमाडौं, माघ २९ : व्यवसायी अरूण चौधरीलाई धरौटी जमानतमा छोड्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु जिल्ला अदालतमा सरूवा गरिएको छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई मुगुमा काज सरूवा गरेका हुन्। बाँसबारीको सरकारी जग्गा व्यक्तिको नाममा लगेको आरोप लागेका चौधरीलाई जमानतमा छाड्ने आदेश विवादास्पद रहेको भन्दै आलोचना भएपछि मुगु जिल्ला अदालतमा काज सरूवा गरिएको जनाइएको छ।

यसैबीच आचार्यको आदेशलाई लिएर न्यायपरिषदले छानबिन गर्ने भएको छ। छानबिन नसकिएसम्म आचार्य मुगुमै रहने भएका छन्। 
 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्