Kathmandu Press

सरकारले देश र जनताका लागि केही गर्न नसकेको सांसद दसौदीकाे आरोप

राष्ट्रियसभाको सोमबारको बैठकमा उनले विकास आयोजनाहरु ठप्प रहेको, आर्थिक अवस्था सुधार गर्न नसकेको र जनताको अपेक्षा पुरा गर्न नसकेको आरोप लगाएका हुन्।
सरकारले देश र जनताका लागि केही गर्न नसकेको सांसद दसौदीकाे आरोप

काठमाडाैं, माघ २९ : नेकपा एमालेका नेता एवं राष्ट्रिय सभा सदस्य कुमार दसौदीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा उनले विकास आयोजनाहरु ठप्प रहेको, आर्थिक अवस्था सुधार गर्न नसकेको र जनताको अपेक्षा पुरा गर्न नसकेको आरोप लगाएका हुन्।

Hardik ivf

उनले भूकम्पपिडितको अवस्था दिनदिनै कठिन बन्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको जिकिर गर्नुभयो । दसौदीले आफ्नो जिम्मेवारी पुरा गर्न नसके सरकारबाट विदा लिनुपर्ने धारणा राखे। उनले नेपालको न्यायालय प्रभावकारी हुन नसकको र जस्तोसुकै फैसला गर्ने गरेको तर्क गरे।

न्यायाधीश नियुक्त खल्तिबाट नभई नयाँ ढंगले गर्नुपर्ने र राज्यको संरचना अनुसार न्यायालयको पुनसंरचना गर्नुपर्नेमा उहाले जोड दिए।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्