Kathmandu Press

‘जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टि पैदा भयाे’

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै देवले व्यवस्था परिवर्तन भए पनि जनतालाई सन्तुष्टि दिन नसकेकाले व्यवस्थामाथि असन्तुष्टि पैदा सिर्जना भएको बताएका हुन्।
‘जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टि पैदा भयाे’

काठमाडाैं, माघ २९ : राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टि पैदा भएको बताएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै देवले व्यवस्था परिवर्तन भए पनि जनतालाई सन्तुष्टि दिन नसकेकाले व्यवस्थामाथि असन्तुष्टि पैदा सिर्जना भएको बताएका हुन्। अहिले मुलुकमा गम्भीर संकट आएको भन्दै नयाँ परिवर्तन ल्याउने राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए।

Hardik ivf

उनले सुशासन कायम गर्न पूर्ण रुपमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, रोजगारीको सिर्जना गर्नुपर्ने र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राखे।

भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले देखाएको इच्छाशक्तिलाई पूरा गर्न राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए। उनले नेताहरुले भ्रष्ट कार्यकर्ताहरुलाई टिकट दिन र मन्त्री बनाउन नहुनेमा जोड दिए।

त्यस्तै उनले मुलुकमा भ्रष्टाचारमा जति राजनीतिक नेताहरु जिम्मेवार छन् त्यति नै कर्मचारीतन्त्र पनि जिम्मेवार रहेको बताए। सांसद देवले अख्तियारको संरचनामा पुनर्विचार गर्नुपर्ने र राजनीतिक हस्तक्षेमुक्त बनाउनुपर्ने सुझाव दिए। उनले जनतालाई विश्वासमा लिएर देश बनाउने संकल्प गर्नुपर्ने धारणा राखे।

त्यस्तै राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले सरकारी जग्गा कब्जा गर्नेलाई छाड्न आदेश दिएको भन्दै आपत्ति जनाए। अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा गरेको सुनिएको भन्दै न्याय परिषद्ले कारबाही गर्नुपर्ने उनले बताए।

उनले अहिले केहि भएन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै राजनीतिक विश्लेषकको बिश्लेषणले देशलाई निकास नदिने र आलोचना मात्रै गर्ने वातावरण सिर्जना गरेको आरोप लगाए।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्