Kathmandu Press

हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

संघको २४औं वार्षिक साधरणसभा तथा १२औं अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याउँदै विजयी भएका हुन्।
हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुपाल्चोक, माघ २९ : नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन्।

संघको २४औं वार्षिक साधरणसभा तथा १२औं अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रत्यासी लोपसाङ शेर्पाले ४२१ मत ल्याए।

Hardik ivf

दुई वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरेले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई  निर्वाचित भए छ। यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत र सुब्बा श्रेष्ठ निर्वाचित भए।

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन्। आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।

प्रकाशित मिति: ११:४५ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्