Kathmandu Press

पार्टीलाई पुरानै अवस्थामा फर्काउन शुद्धीकरण गर्दै अघि बढ्नुपर्छ : मन्त्री गुरुङ

‘पार्टीलाई पुरानै अवस्थामा फर्काउनका लागि शुद्धीकरण गरेर अघि बढ्नुपर्छ,’ उनले भने। कांग्रेसलाई रुपान्तरण गर्दै पुरानै अवस्थामा फर्काउनसके मात्र त्यागी नेताहरुको सम्मान हुने उनले बताए।
पार्टीलाई पुरानै अवस्थामा फर्काउन शुद्धीकरण गर्दै अघि बढ्नुपर्छ : मन्त्री गुरुङ

चितवन, माघ २८ : नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउनसके अग्रज नेताहरुको सम्मान हुने बताएका छन्।

स्व. वलराम पौडेलको १२औं दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताए।

Hardik ivf

‘पार्टीलाई पुरानै अवस्थामा फर्काउनका लागि शुद्धीकरण गरेर अघि बढ्नुपर्छ,’ उनले भने। कांग्रेसलाई रुपान्तरण गर्दै पुरानै अवस्थामा फर्काउनसके मात्र त्यागी नेताहरुको सम्मान हुने उनले बताए।

स्व पौडेलले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्दै उनले पौडेलको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ, चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमान सिंह गुरुङ, कांग्रेस नेता वामदेव खनाललगायतले स्व पौडेलले देश, लोकतन्त्र र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए।

पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका पूर्वमन्त्री हुन्। उनको माघ १७ गते सडक दुर्घटनामा परी निधन भएको हो।

प्रकाशित मिति: १९:०८ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्