शिक्षा समितिले उपकुलपति नियुक्तिका विषयमा शिक्षामन्त्री राईलाई छलफलमा बोलायो
त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम एवम् सार्वजनिक रुपमा उठेका प्रश्नहरुबारे सोमबार विहान ११ बजे बस्ने बैठकमा छलफल हुने तय भएको जनाइएको छ।
काठमाडौं, माघ २८ : त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई सोमबारका लागि बोलाएको छ।
त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम एवम् सार्वजनिक रुपमा उठेका प्रश्नहरुबारे सोमबार विहान ११ बजे बस्ने बैठकमा छलफल हुने तय भएको जनाइएको छ।
सोहीक्रममा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे पनि छलफल हुने छ । मन्त्री राईले त्रिवि र अन्य विश्वविद्यालयको उपकुलपति नियुक्तिका विषयमा भइरहेको कामबारे पनि जानकारी दिने कार्यसूची छ।
प्रकाशित मिति: १८:०० बजे, आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार