Kathmandu Press

संविधान निर्माणमा स्व. बुढाथोकीकाे योगदानकाे सभापति देउवाले गरे स्मरण

बुढाथोकीको निधनले पार्टीलाई अपुरणनीय क्षति पुगेको बताउँदै सभापति देउवाले स्व. बुढाथोकीले छाडेर गएका कामहरु पुरा गर्ने बचन व्यक्त गरे।
संविधान निर्माणमा स्व. बुढाथोकीकाे योगदानकाे सभापति देउवाले गरे स्मरण

झापा, माघ २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ऐतिहासिक भूमिका रहेको बताएका छन्।

स्व. बुढाथोकीको सातौँ पुण्य तिथिको अवसर पारेर गृहनगर झापा अर्जुनधारामा आइतबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पार्टी सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउँदै विकास निर्माण, सङ्गठन निर्माण विस्तार र लोकतान्त्रिक आन्दोलन र संविधान सभा सदस्यका रूपमा रहेर संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय रहने बताए।

Hardik ivf

बुढाथाेकीको निधनले पार्टीलाई अपुरणनीय क्षति पुगेको बताउँदै सभापति देउवाले स्व. बुढाथोकीले छाडेर गएका कामहरु पुरा गर्ने बचन व्यक्त गरे। सभापति देउवाले परिवारलाई समवेदना पत्र हस्तान्तरण गरेका थिए।

बुढाथोकी निवासमा नेपाली कांग्रेस झापाद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र र नगर तथा वडा कमिटीका क्रियाशिल सदस्यहरु, विभिन्न भातृ तथा शुभेच्छुक संघ संस्थाहरुका प्रतिनिधिहरु लगायत नेता कार्यकर्ताहरुले स्व. बुढाथोकी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।  

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्थमन्त्री रामशरण महत लगायतका नेताले स्व. बुढाथोकीको फोटोमा माल्र्यापण, शोकपुस्तीकामा हस्ताक्षर साथै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

संविधानसभाका सदस्य समेत रहेका स्व. बुढाथोकी झापाली राजनितिमा लोकप्रीय र जुझारु नेताका रुपमा चिनिन्छन्। बुढाथोकीको माघ २२ गते ८० वर्षको निधन भएको हो।

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्