सडक डिभिजन कार्यालयको भवनमा आगलागी
प्रहरी र दमकलको प्रयासमा अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।
काठमाडौं, माघ २८ : नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ।
आइतबार दिउँसो २ः१५ बजे आगालागी भएको हो। प्रहरी र दमकलको प्रयासमा अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।
आगालागीको क्षति भने यकिन हुन बाँकी रहेको जनाइएको छ । कार्यालयको भवनमा विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ।
आगलागी नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गर्नुपरेको जनाइएको छ ।
प्रकाशित मिति: १६:४६ बजे, आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












