Kathmandu Press

बूढानीलकण्ठमा ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ हुँदै

महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले नगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२  कार्यक्रम बूढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने जानकारी दिए।
बूढानीलकण्ठमा ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ हुँदै
Hardik ivf

काठमाडौं, माघ २८ : बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ।

महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले नगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२  कार्यक्रम बूढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने जानकारी दिए।
 
उनले भने, 'महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ। सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन्।'

उनका अनुसार विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रङ्गमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमसमेत महोत्सवमा हुनेछन्।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्