Kathmandu Press

एमाले महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
एमाले महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

काठमाडौं, माघ २८ : शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका एमाले महासचिव शंकर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गराएका छन्।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

Hardik ivf

'उहाँ आज ट्रमा सेन्टरमा गइ स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ,' उनले भने, 'उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ। भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन।'

महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आएका हुन्। जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो। गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि थिए। 

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

प्रकाशित मिति: १६:०४ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्