Kathmandu Press

पत्रकार महासंघकाे इतिहास मेटिएकाे भन्दै पुस्तक विमोचनमा अवराेध

आइतबार काठमाडौंमा गलत इतिहास कायम गरेर पुस्तक लोकार्पण गर्न खोजेको भन्दै नेपाल आदिवासी पत्रकार संघ (फोनिज) ले पुस्तक विमोचनमा अवरोध गरेको हो।
पत्रकार महासंघकाे इतिहास मेटिएकाे भन्दै पुस्तक विमोचनमा अवराेध

काठमाडाैं, माघ २७ : नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले प्रकाशन गरेको अग्र अनुहार पुस्तक विमोचनका क्रममा विवाद भएको छ ।

आइतबार काठमाडौंमा गलत इतिहास कायम गरेर पुस्तक लोकार्पण गर्न खोजेको भन्दै नेपाल आदिवासी पत्रकार संघ (फोनिज) ले पुस्तक विमोचनमा अवरोध गरेको हो। पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहे पनि इतिहासलाई नामेट पार्न खोजिएकाले विरोध गरिएको फोनिजले जनाएको छ।

Hardik ivf

पुस्तक विमोचन गर्न खोज्दा फोनिजका पदाधिकारीले नाराबाजी गर्दै पुस्तक च्यातेको थियो । फोनिजका अध्यक्ष गजुरधन राईले महासंघको इतिहासलाई बेवास्ता नगर्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएकाले शान्तिपूर्ण तवरले विरोध जनाएको बताए। पत्रकार महासंघको गौरवमय इतिहासलाई कसैले भूल्न नहुने र महासंघलाई सबैको साझा बनाउनुपर्ने उनले बताए।

त्यस्तै फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर लोकार्पण गर्न लागेकाले आफूहरुले त्यसलाई रोकेको जानकारी दिए। उनले कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट नपार्न चेतावनी दिए। पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएको भन्दै फोनिजले विरोध जनाएको हो।

अवराेधकै बीचमा  पत्रकार महासंघका पूर्व अध्यक्षहरूले पुस्तक भने विमाेचन गरेका थिए।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्