Kathmandu Press

जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनःस्थापना गर्न सांसदको माग

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद भैरबसुन्दर श्रेष्ठले जाजरकोटमा भूकम्पका प्रभावितमध्ये गर्भवती, सुत्केरी, बालबालिका थप पीडित भएको बताउँदै तत्काल उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए।
जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनःस्थापना गर्न सांसदको माग

काठमाडौं, माघ २८ : राष्ट्रियसभाका सांसदहरुले जाजरकोट भूकम्प पीडितहरु जाडोका कारण विभिन्न रोग र अभावबाट प्रभावित भएका भन्दै तत्काल उचित राहत र पुनःस्थापनाको माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद भैरबसुन्दर श्रेष्ठले जाजरकोटमा भूकम्पका प्रभावितमध्ये गर्भवती, सुत्केरी, बालबालिका थप पीडित भएको बताउँदै तत्काल उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए।

Hardik ivf

उनले सरकारले घोषणा गरेको राहत रकम अझै सबै परिवारले नपाएको उल्लेख गर्दै तत्काल उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। भूकम्प पीडितको व्यवसाय नष्ट भएको उल्लेख गर्दै उहाँले सरकारले उनीकहरुको पुनःस्थापनाको पहल गर्नुपर्नेमा जोड दिए। 

सांसद मोहम्मद खालिदले संविधानमा भएको व्यवस्था बमोजिम देशभित्र बोलिने सबै राष्ट्रिय भाषालाई समान स्थान दिएर सम्मान गर्नुपर्ने बताए। उनले दुई प्रतिशतको हाराहारीमा बोलिने मुस्लिम समुदायसँग जोडिएको उर्दु भाषालाई राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने माग गरे।

सांसद डा बिमला राई पौड्यालले विगतदेखि नै नेपालको शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हाल विश्वविद्यालयलको स्तर खस्किएको भन्ने टिप्पणीप्रति सरकारको ध्यानाकर्षण गराए। उनले विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा नभई योग्यताका आधारमा नियुक्त हुनुपर्नेमा जोड दिए।
 
सांसद युवराज शर्माले त्रिभुवन विश्वविद्यालयमा भागबन्डा गरेर उपकुलपति नियुक्ति गर्न नहुने बताउँदै राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी ढङ्गले अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्