Kathmandu Press

कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप

महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो।
कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप
Hardik ivf

काठमाडौं, माघ २८ : नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ।

महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो।

उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रेपलाञ्चोक), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ), सानुकाजी प्रजापति (काठमाडौं), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर) लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्