यसरी घटाउन सकिन्छ ट्राफिक जाम
अमेरिका लगायत विश्वका धेरै शहरमा ट्राफिक जाम गम्भीर समस्या बन्दै गएको छ।
एक अध्ययन अनुसार केही शहरमा कन्जेसन चार्ज र नयाँ नीति सडकबाट सवारीसाधन हटाउन प्रभावक....
अमेरिका लगायत विश्वका धेरै शहरमा ट्राफिक जाम गम्भीर समस्या बन्दै गएको छ।
एक अध्ययन अनुसार केही शहरमा कन्जेसन चार्ज र नयाँ नीति सडकबाट सवारीसाधन हटाउन प्रभावकारी सिद्ध भएका छन्। कार्बन डाइअक्साइड उत्सर्जन कटौती र यात्राको समय घटाउनलाई धेरै शहरले कारको यात्रा कम गर्ने प्रयास गरिररहेका छन्।
इनरिक्स इङ्क नामक यातायात विश्लेषण गर्ने संस्थाको अध्ययन अनुसार अघिल्ला वर्षहरूको तुलनामा सन् २०१९ मा चालकहरूले धेरै समय ट्राफिक जाममा बिताउनुपर्योर। संस्थाले विश्वभरका ९०० शहरको ट्राफिक जामको विश्लेषण गरेका हुन्।
अमेरिकामा चालकहरूले ट्राफिक जामकै कारण पोहोर औसत ९९ घण्टा खेर फाल्नुपरेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१७ को तुलनामा यो दुई घण्टा बढी हो। बोस्टन, शिकागो, फिलाडेल्फिया, न्यूयोर्क सिटी र वाशिङ्टन अमेरिकाको सबैभन्दा धेरै ट्राफिक जाम हुने शहरमध्ये पर्दछन्। इनरिक्सले श्रम बजार र पारिश्रमिक सम्बन्धी तथ्याङ्कको आधारमा ट्राफिक जाममा खेर गएको समयले अमेरिकी अर्थतन्त्रलाई अनुमानित ८८ अर्ब अमेरिकी डलर घाटा भएको बताएको छ।
विश्वमा कोलम्बियाको बोगोटा, ब्राजिलको रियो डि जनिरो, मेक्सिको सिटी, टर्कीको इस्तानबुल र ब्राजिलको साउ पाउलो सबैभन्दा धेरै ट्राफिक जाम हुने शहर हुन्। सबैभन्दा धेरै ट्राफिक हुने शहर कि त निकै पुरानो वा तीव्र रूपले बढिरहेको प्रतिवेदनले देखाएको छ।
“कन्जेसन” शुल्कले लन्डन, स्विडेनको स्टकहोल्म र सिंगापुरमा उल्लेखनीय मात्रामा कार घटाएको इनरिक्सका यातायात विश्लेषक ट्रेभर रिडले बताए। सन् २०२१ देखि न्यूयोर्कले पनि यस्तो शुल्क लगाउने र शिकागो र लस एञ्जलिसले शुल्कबारे अध्ययन गर्ने तयारी गरेको छ।
न्यूयोर्क र सान फ्रान्सिस्कोमा मुख्य सडकमा कार प्रतिबन्ध गर्ने नवीन प्रयासले बस चढ्ने अभ्यास बढेको छ। यसले सडकको जाम घटाएर यात्राको समय पनि घटाएको तथ्याङ्कले देखाएको छ।
ट्रान्सपोर्टेसन फर अमेरिकाका निर्देशक बेथ ओस्बोर्नले सार्वजनिक ट्रान्जिट, साइकल चलाउने र हिँडाइ लगायत यातायातका अन्य माध्यमको प्रभाव पनि अध्ययन गर्नुपर्ने बताएका छन्।
तीन दशकदेखि अमेरिकी राजमार्गको महँगो विस्तारले पनि ट्राफिक जामको समस्या हल नगरेको संस्थाले एउटा प्रतिवेदन प्रकाशन गरेको छ।