माओवादी केन्द्रको केन्द्रीय कमितिको बैठक सुरु
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो।
काठमाडाैं, माघ २८ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो।
दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ। त्यस्तै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
४०९ सदस्यीय माओवादी केन्द्रीय कमिटीमा १९० वैकल्पिक केन्द्रीय सदस्य रहेका छन्। त्यस्तै बैठकमा सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीको बैठकमा सहभागीता रहेको छ। माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ।
प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












