Kathmandu Press

मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् ।” 
मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने

चितवन, माघ २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन् । भरतपुरमा पार्टी कार्यकर्ताले सोमबार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए ।

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् ।” 

Hardik ivf

उनले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवाद समेत दिए । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

“हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ”, उनले भने, “निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ । आज पनि पैसा तिरेर वनभोजमा सहभागी भएको छु ।” 

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्