पूर्वसभासद् अग्रवालको निधनले जनता दल स्तब्ध
काठमाडौं, चैत २ : जनता दल युनाइटेडले पार्टी अध्यक्ष तथा पूर्वसभासद् प्रा. डा. विश्वनाथप्रसाद अग्रवालको निधनप्रति दुःख व्यक्त गरेको छ।
....
काठमाडौं, चैत २ : जनता दल युनाइटेडले पार्टी अध्यक्ष तथा पूर्वसभासद् प्रा. डा. विश्वनाथप्रसाद अग्रवालको निधनप्रति दुःख व्यक्त गरेको छ।
पार्टीका उपाध्यक्ष किरण मगरले आइतबार विज्ञप्ति जारी गरी अध्यक्ष अग्रवालको निधनले आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरेका छन्। उनले अग्रवालको असमायिक निधनप्रति गहिरो शोक पनि प्रकट गरेका छन्।
‘शोकमा परेको अग्रवाल परिवारलाई दुःखद घडीमा ईश्वरले धैर्यधारण गर्ने शक्ति दिउन् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। उनको निधनले पार्टीमा अतुलनीय क्षति पुगेको छ,’ मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पूर्वसभासद् अग्रवालको शुक्रबार राति सानेपास्थित निवासमा निधन भएको थियो।
हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: १९:१५ बजे, आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

