Kathmandu Press

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

प्रवक्ता सापकोटाका अनुसार, बैठक आज (आइतबार) र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ ।
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, माघ २८ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार, बैठक आज (आइतबार) र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ ।

Hardik ivf

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिनेछ ।

माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो ।

गएको भदौ १६ देखि सुरु गरिएको सो अभियान पुस १७ गतेसम्म चलेको थियो ।

प्रकाशित मिति: ०८:०१ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्