जसपा प्रवेश गरे मधेशका स्वतन्त्र सांसद अनिरूद्र
शनिबार सप्तरीमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले अनिरुद्रलाई गम्छा, माला र टीका लगाएर पार्टी प्रवेश गराए।
सप्तरी, माघ २७ : मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरूद्रप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
शनिबार सप्तरीमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले अनिरुद्रलाई गम्छा, माला र टीका लगाएर पार्टी प्रवेश गराए।
अनिरुद्र गत निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए। जसपाले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले जसपाकै अभिषेक यादवलाई पराजित गरेका थिए।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ।
प्रकाशित मिति: १८:४८ बजे, शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार