Kathmandu Press

एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर देश परिवर्तन गर्ने हुटहुटी छ : विप्लव

‘सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका छन् तर देशलाई निकास दिने भनेको नेपाली विशेषताको समाजवाद नै हो। यसमा कांग्रेसलगायत लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरुबीच बहस गरौं।’
एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर देश परिवर्तन गर्ने हुटहुटी छ : विप्लव

बुटवल, माघ २७ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने हुटहुटी जागेको बताएका छन्।

शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्न सक्ने बताएका छन्।

Hardik ivf

विप्लवले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे। २०औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्ण रुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाए ।

‘दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दललाई सहमत हुन आग्रह गर्छु,’ उनले भने, ‘सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका छन् तर देशलाई निकास दिने भनेको नेपाली विशेषताको समाजवाद नै हो। यसमा कांग्रेसलगायत लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरुबीच बहस गरौं।’

उनले आफ्नो पार्टीको दुश्मन शक्ति भनेको दलाल पुँजीवाद र साम्राज्यवाद भएको बताउँदै उनले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला भरहेकाले अरु शक्तिसँग मिलेर जान तयार रहेको स्पष्ट पारे।

अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको तर्क उनले गरे। माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको बताउँदै उनले विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने धारणा राखे।

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्