Kathmandu Press

पहिचान र अधिकारको पक्षमा संघर्ष गरिरहेकाहरू राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री

सोनाम ल्होछारका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका पक्षधर उत्पीडित वर्ग, जाति र समुदायको सहयोग भने संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए।
पहिचान र अधिकारको पक्षमा संघर्ष गरिरहेकाहरू राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री

काठमाडाैं, माघ २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारको पक्षमा सङ्घर्ष गरिरहेकाहरू राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन्।

सोनाम ल्होछारका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका पक्षधर उत्पीडित वर्ग, जाति र समुदायको सहयोग भने संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए।

Hardik ivf

पहिचान पक्षहरु शक्तिशाली भए आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुने उनले बताए। प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे। यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए।

मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न उच्च महत्व दिएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिमण्डल हेरफेर हुँदा बागमति प्रदेशका तामाङ समूदायबाट मन्त्री बनाइने बताए।

माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउने गर्दछन्। भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ।

समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्। यसै अवसरमा काठमाण्डौको टुँडिखेल लागाएत बौद्ध, स्वयम्भू क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्