Kathmandu Press

कोभिड-१९ आपतकालीन कोष बनाउने मोदीको प्रस्ताव, भारतले एक करोड अमेरिकी डलर दिने

काठमाडौं, चैत २ : कोरोना भाइरससँग लड्न भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रबीच कोभिड–१९ आपतकालीन कोष स्थापना गर्ने प....

कोभिड-१९ आपतकालीन कोष बनाउने मोदीको प्रस्ताव, भारतले एक करोड अमेरिकी डलर दिने

काठमाडौं, चैत २ : कोरोना भाइरससँग लड्न भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रबीच कोभिड–१९ आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव गरेको छ।

आइतबार सार्क राष्ट्र तथा सरकार प्रमुखहरुसँगको भिडियो कन्फेरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ नाम दिएर तत्काल आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव गरेका हुन्। उनले स्थापना गरिने कोषमा भारतले तत्कालका लागि एक करोड अमेरिकी डलर दिने घोषणाा पनि गरेका छन्।

कोषमा राखिने पैसा सार्क राष्ट्र अरु सदस्यले पनि प्रयोग गर्न मिल्ने मोदीले बताए।  मोदीले सार्क देशहरुबीच अनलाइन तालिम तथा साझा सफ्टवेयर बनाउने प्रस्ताव पनि गरेका छन्।

कोरोना भाइरस विश्वमा महामारीका रुपमा फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री मोदीकै अग्रसरतामा सार्क राष्ट्रबीच भिडियो कन्फेरेन्स भएको हो। 

भिडियो कन्फेरेन्समा भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिज्रा लगायत सहभागी छन्। 
 

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, चैत २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्