सार्क राष्ट्रको सामूहिक प्रयासले कोरोनाविरुद्ध लड्न सहयोग पुग्छः प्रधानमन्त्री ओली
काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रको सामूहिक प्रयासले कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुग्ने बताएका छन्।
....
काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रको सामूहिक प्रयासले कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुग्ने बताएका छन्।
सार्क राष्ट्रको भिडियो कन्फेरेन्समा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा सार्क राष्ट्रको सामूहिक प्रयासबाट कोरोनाविरुद्ध लड्न सजिलो हुने बताएका हुन्।
कन्फेरेन्समा उनले नेपालले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न गरिरहेका प्रयासबारे जानकारी पनि गराएका थिए। हाल नेपालमा कोरोनाविरुद्ध जनचेतना जगाउने काम भइरहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा हालसम्म एक जनामा मात्र कोरोना संक्रमण देखिएको र उनी निको भएर घर फर्किसकेको बताए। उनले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार चिकित्सक तथा अस्पतालहरु तयार गर्ने काम भइरहेको बताए।
उनले अनअराइभल भिसामा रोक लगाइएको, अन्य राष्ट्रमा आवतजावत गर्न विशेष अनुमति लिनु पर्ने, श्रम स्वीकृत तत्काललाई रद्द गरिएको र हिमाल आरोहण पनि रद्द गरिएको बताएका थिए।











