Kathmandu Press

प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्।
प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना

कर्णाली, माघ २७ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्।

Hardik ivf

सन्देशमार्फत उनले भनेका छन्, 'नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो। हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्भाव र सांस्कृतिक ऐक्यबद्धता छ। यसको संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो।'

प्रदेश प्रमुख परियारले सोनाम ल्होछार आर्थिक समानता, समृद्धि र सामाजिक रुपान्तरण गर्न, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पुर्‍याउन एवं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, माघ २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्