योगीलाई संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी
काठमाडौं, चैत २ : संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले पाएका छन्।
महासचिव मनोहरप्रसाद भट्टराईले सेवा निव....

काठमाडौं, चैत २ : संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले पाएका छन्।
महासचिव मनोहरप्रसाद भट्टराईले सेवा निवृत्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यवाहक महासचिवको जिम्मेवारी योगीलाई दिएका हुन्। योगी संसद सचिवालयमा सचिवका रुपमा कार्यरत थिए।
सभामुख सापकोटाले अर्को महासचिव नियुक्त नहुँदासम्मका योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। योगीले सोमबारदेखि कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्नेछन्।
योगीले यसअघि पनि महासचिव भट्टराई मुलुक बाहिर वा विदामा रहँदा निमित्त महासचिव भएर भूमिका निर्वाह गर्दै आएका थिए।
हेर्नुस् पत्र :

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











