Kathmandu Press

बेथानचोकमा बौद्ध धर्मावलम्बीले आपनै धार्मिक परम्परा अनुसार ल्होछार मनाउने

बेथानचाेक गाउँपालिका वडा नं २ स्थित नयाँ बस्ती बसपार्कमा बौद्ध धर्मावलम्बीहरूले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम गर्दै आपनै धार्मिक परम्परा अनुसार ल्होछार मनाउने भएका हुन्।
बेथानचोकमा बौद्ध धर्मावलम्बीले आपनै धार्मिक परम्परा अनुसार ल्होछार मनाउने

काभ्रे, माघ २६ : बेथानचोकका बौद्ध धर्मावलम्बीहरूले आपनै धार्मिक सांस्कृतिक परम्परा अनुसार पुजापाठ गरी ल्होछार पर्व मनाउने भएका छन्।

बेथानचोक गाउँपालिका वडा नं २ स्थित नयाँ बस्ती बसपार्कमा बौद्ध धर्मावलम्बीहरूले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम गर्दै आपनै धार्मिक परम्परा अनुसार ल्होछार मनाउने भएका हुन्।

‘सांस्कृतिक विविधता हाम्रो पहिचान, यसको प्रवद्र्धन र संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ  शुभकामना आदान– प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिको संयोजक वीरबहादुर घिसिङले जानकारी दिए।

कार्यक्रममा गाँउपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथि, उपाध्यक्ष तारा रानाको विशेष आतिथि रहने छन्। कार्यक्रममा स्थानीय र चर्चित राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन्।

 

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्