Kathmandu Press

कोरोनाको त्रास देखाएर कालोबजारी गरे कडा कारवाही : मन्त्री भट्ट

काठमाडाैं, चैत २ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालोबजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवा....

कोरोनाको त्रास देखाएर कालोबजारी गरे कडा कारवाही : मन्त्री भट्ट

काठमाडाैं, चैत २ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालोबजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मूल समारोह समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले महङ्गी र कालोबजारीबारे सम्बन्धित निकायले अनुगमन गरेर दोषीउपर कारवाही गर्ने बताए।   

उनले भने, “अहिले कोभिड–१९ (कोरोना भाइरस) को त्रास देखाएर बजारमा अखाद्य वस्तुको बिक्री वितरण गर्ने, मूल्य बढाएको जस्ता समाचार आइरहेको छ, यसबारेमा सरकारले अनुगमन त गर्छ नै तर उपभोक्ता स्वयं आफैँ पनि सचेत हुन जरुरी छ।” 

विभिन्न देशमा कोरोना भाइरस फैलिएको अवस्थामा नेपालीहरु एकआपसमा एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्नेभन्दा पनि त्यसका विरुद्धमा एकजुट भएर लाग्नुपर्ने मन्त्री भट्टको भनाइ छ। “सबैले आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गर्ने हो भने सरकारले बजार अनुगमन नै गर्नुपर्दैन,' मेरो आग्रह छ,'सबै बिक्रेता, उपभोक्ता, उत्पादक कम्पनीले आफ्नो भूमिका इमानदारीपूर्वक पूरा गर्नुहोस्।”
    
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले कोरोना भाइरसको त्रासका कारण सबै क्षेत्र संवेदनशील बनिरहेको अवस्थामा सरकारले कालोबजारी र महङ्गीलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। रासस

प्रकाशित मिति: १८:११ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्