कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रलाई भारतले सहयोग गर्छ: मोदी
काठमाडौं, चैत २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसँग लड्न भारतको मन्त्र ‘तयार रहौं तर नडराऔं’ रहेको बताएका छन्....

काठमाडौं, चैत २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसँग लड्न भारतको मन्त्र ‘तयार रहौं तर नडराऔं’ रहेको बताएका छन्।
कोरोनासँग जुध्न साझा रणनीति बनाउने भन्दै आइतबार गरिएको सार्क राष्ट्रस्तरीय भिडियो कन्फेरेन्समा उनले यही मन्त्रका माध्यमबाट कोरोनासँग जुध्न सकिने बताएका हुन्।
उनले भारतमा १५० भन्दा धेरैमा भाइरसको संक्रमण देखिएकाले सतर्क रहन जरुरी भएको बताए। उनले विभिन्न देशमा रहेका १४ सय भारतीयलाई उद्धार गरिएको बताए। मोदीले छिमेकीलाई पहिलो प्राथमिकतामा राखेर सार्क राष्ट्रका नागरिकलाई मद्दत गरेको र आवश्यक थप सहयोग गर्न तयार रहेको बताए।
प्रकाशित मिति: १७:४९ बजे, आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











