कोरोना भाइरसबारे सार्कस्तरीय भिडियो कन्फेरेन्स सुरू (लाइभ)
काठमाडौं, चैत २ : विश्वव्यापी फैलिएको कोरोना भाइरससँग मिलेर जुध्न सार्कस्तरीय भिडियो कन्फेरेन्स सुरु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन....

काठमाडौं, चैत २ : विश्वव्यापी फैलिएको कोरोना भाइरससँग मिलेर जुध्न सार्कस्तरीय भिडियो कन्फेरेन्स सुरु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा भिडियो कन्फेरेन्स सुरु भएको हो। कोरोनाबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न भन्दै कन्फेरेन्स सुरु गरिएको हो।
भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छन्। मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सञ्जालमार्फत राखे लगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए।
भिडियो कन्फेरेन्समा भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, बंगलादेशकी राष्ट्रपति अब्दुल हमिद, पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिज्रा लगायत सहभागी छन्।
हेर्नुस् लाइभ :











